Chief

Ram Milan Prasad Biswakarma


Chief ( Officer 10th level )
Chief

Mahendra Kumar Ojha


Information Officer ( 9847143418)

Introduction

परिचयः

देश संघिय प्रणालीमा प्रबेश गरि सकेको परिपेक्ष्यमा तत्कालिन केन्द्रय शासन व्यवस्थालाई नेपालको संबिधान २०७२ को मर्म र भावना अनुसार नेपाल सरकार, मन्त्रि परिषदको मिती २०७५/०३/३२ को निर्णय अनुसार प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५ मातहत कृषि ज्ञान केन्द्र अर्घाखाँची २०७५/०५/२८ गते कार्यालय स्थापना भएको हो । बिधिवत रुपमा कार्यालयको उलघाटन २०७५ आश्विन २१ गते राष्ट्रिय सभाका माननिय सदस्य श्री चन्द्र बहादुर खड्का ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उद्देश्यः

  1. स्थानिय समस्यामा आधारित स-साना अध्ययन परिक्षण तथा भ्यालिडेशन परिक्षण सञ्चालन गर्ने ।
  2. बाली संरक्षण, माटो तथा मलखाद र बीउबिजन सम्बन्धि सामान्य प्रयोगशाला सेवा सञ्चालन गर्ने ।
  3. प्रदेश र स्थानिय तहमा कार्यरत प्राबिधिक तथ ब्यबसायिक कृषक र ब्यबसायीहरुकी लागि कृषिमा सम्बन्धित विशिष्टीकृत ज्ञान, सिप प्रदान गर्न Advance तालिम सञ्चालन गर्ने ।
  4. स्थानिय तहको क्षमताले नभ्याउने प्रकृतिका विशेषज्ञ प्राबिधिक सेवा टेवा प्रदान गर्ने ।
  5. प्रदेश अन्तरगत सञ्चालन हुने संघिय कृषि विकास कार्यक्रम आयोजनाको समन्वय तथा सम्पर्क बिन्दुको रुपमा कार्य गर्ने ।
  6. प्रदेश सरकार मार्फत सञ्चालन हुने कृषि विकास कार्यक्रम, आयोजना सञ्चालनमा प्रदेश सरकारलाई सहयोग गर्ने ।
  7. कृषि आर्थिक महत्वका स्थानिय कृषि जैबिक विविधताको पहिचान, संरक्षण र उपयोग गर्ने ।
  8. नेपाल कृषि अनुसंधान परिषदको बाह्रय अनुसंधान स्थल (Outreach Site) रुपमा कार्य गर्ने ।
  9. बीउबिजन तथा उन्नत नश्लको लागि श्रोत केन्द्रको रुपमा कार्य गर्ने ।
  10. स्थानिय तह र कार्यरत जनशक्तिको क्षमता अभिबृद्धि बिकास सम्बन्धि कार्य गर्ने ।
  11. बहु स्थानिय तह समेटि कार्यन्वयन हुने संधिय आयोजनाहरुको सञ्चालन र नियन्तण सम्बन्धि कार्य गर्ने ।
  12. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कमाण्ड क्षेत्र भित्रका पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राबिधिक सेवा टेवा प्रदान गर्ने ।
  13. एग्रो इकोलोजिकल जोन अनुसारको प्रथमिकता प्राप्त बाली बस्तु बिकासको योजना, मुल्य अभिबृद्धि श्रृखला बिकास तथा कार्यन्वयनको समन्यकारी भुमिका खेल्ने ।
  14. कृषि स्नातक तथा जे.टी. र जे.टी.ए. कोर्ष अध्ययनरत विधार्थीका लागि इन्टर्न सिप कार्यक्रम सञ्चालन गर्ने ।
  15. स्थानिय तहका कृषि विकासका इकाईहरुबाट कृषि सम्बन्धि तथ्याङ्क संकलन तथा अध्याबधिक गर्ने साथै संकलित तथ्याङ्क प्रदेश र संधिय तालुक निकायहरुमा पठाउने ।
  16. आफ्नो कमाण्ड क्षेत्र भित्र कृषि उद्यम तथा व्यवसाय सञ्चालन गर्न चाहानेहरुका लागि व्यवसाय विकास सेवा उपलब्ध गराउने ।
  17. समस्या पहिचान तथा समाधानका लागि घुम्ति सेवा सञ्चालन गर्ने ।
  18. किसान कल सेन्टर स्थापना सञ्चालन गर्ने ।
  19. कृषि विकास तथा प्रशार कार्यमा संलग्न सरकारी, गैर सरकारी सस्था तथा अन्य निकायहरुसंग समन्वय एबं सहकार्य गर्ने ।
  20. समग्र कृषि विकासको बिषयमा प्रदेश र स्थानिय तह बिच पुलको कार्य गर्ने ।
  21. प्रदेश मन्त्रालयले तोकेको अन्य कार्य गर्ने ।

23
Oct
आलु मिसन तथा रोड कोरिडोर कार्यक्रमको सूचना

Submited By : कृषि ज्ञान केन्द्र अर्घाखाँची

19
Oct
आ व २०७७/७८ का लागि कृषि विकास कार्यक्रम तर्फ सूचना

Submited By : कृषि ज्ञान केन्द्र अर्घाखाँची

12
08
सूचिकृत सम्वन्धि सूचना

Submited By : कृषि ज्ञान केन्द्र अर्घाखाँची

15
May
अमेरिकी फौजी किरा (Fall Army Worm) सम्वन्धमा

Submited By : कृषि ज्ञान केन्द्र अर्घाखाँची

23
Feb
कागति सुन्तला मिसन कार्यक्रम संचालन सम्वन्धि सूचना

Submited By : कृषि ज्ञान केन्द्र अर्घाखाँची

14
Feb
आ व २०७६/७७का छनौट भएका प्रस्ताव सम्वन्धि सूचना

Submited By : कृषि ज्ञान केन्द्र अर्घाखाँची