लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र

अर्घाखाँची


परिचय

देश संघिय प्रणालीमा प्रबेश गरि सकेको परिपेक्ष्यमा तत्कालिन केन्द्रय शासन व्यवस्थालाई नेपालको संबिधान २०७२ को मर्म र भावना अनुसार नेपाल सरकार, मन्त्रि परिषदको मिती २०७५/०३/३२ को निर्णय अनुसार प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५ मातहत कृषि ज्ञान केन्द्र अर्घाखाँची २०७५/०५/२८ गते कार्यालय स्थापना भएको हो । बिधिवत रुपमा कार्यालयको उलघाटन २०७५ आश्विन २१ गते राष्ट्रिय सभाका माननिय सदस्य श्री चन्द्र बहादुर खड्का ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

उदेश्य
स्थानिय समस्यामा आधारित स-साना अध्ययन परिक्षण तथा भ्यालिडेशन परिक्षण सञ्चालन गर्ने ।
बाली संरक्षण, माटो तथा मलखाद र बीउबिजन सम्बन्धि सामान्य प्रयोगशाला सेवा सञ्चालन गर्ने ।
प्रदेश र स्थानिय तहमा कार्यरत प्राबिधिक तथ ब्यबसायिक कृषक र ब्यबसायीहरुकी लागि कृषिमा सम्बन्धित विशिष्टीकृत ज्ञान, सिप प्रदान गर्न Advance तालिम सञ्चालन गर्ने ।
स्थानिय तहको क्षमताले नभ्याउने प्रकृतिका विशेषज्ञ प्राबिधिक सेवा टेवा प्रदान गर्ने ।
प्रदेश अन्तरगत सञ्चालन हुने संघिय कृषि विकास कार्यक्रम आयोजनाको समन्वय तथा सम्पर्क बिन्दुको रुपमा कार्य गर्ने ।
प्रदेश सरकार मार्फत सञ्चालन हुने कृषि विकास कार्यक्रम, आयोजना सञ्चालनमा प्रदेश सरकारलाई सहयोग गर्ने ।
कृषि आर्थिक महत्वका स्थानिय कृषि जैबिक विविधताको पहिचान, संरक्षण र उपयोग गर्ने ।
नेपाल कृषि अनुसंधान परिषदको बाह्रय अनुसंधान स्थल (Outreach Site) रुपमा कार्य गर्ने ।
बीउबिजन तथा उन्नत नश्लको लागि श्रोत केन्द्रको रुपमा कार्य गर्ने ।
स्थानिय तह र कार्यरत जनशक्तिको क्षमता अभिबृद्धि बिकास सम्बन्धि कार्य गर्ने ।
बहु स्थानिय तह समेटि कार्यन्वयन हुने संधिय आयोजनाहरुको सञ्चालन र नियन्तण सम्बन्धि कार्य गर्ने ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कमाण्ड क्षेत्र भित्रका पकेट, ब्लक, जोन तथा सुपरजोनहरुको लागि प्राबिधिक सेवा टेवा प्रदान गर्ने ।
एग्रो इकोलोजिकल जोन अनुसारको प्रथमिकता प्राप्त बाली बस्तु बिकासको योजना, मुल्य अभिबृद्धि श्रृखला बिकास तथा कार्यन्वयनको समन्यकारी भुमिका खेल्ने ।
कृषि स्नातक तथा जे.टी. र जे.टी.ए. कोर्ष अध्ययनरत विधार्थीका लागि इन्टर्न सिप कार्यक्रम सञ्चालन गर्ने ।
स्थानिय तहका कृषि विकासका इकाईहरुबाट कृषि सम्बन्धि तथ्याङ्क संकलन तथा अध्याबधिक गर्ने साथै संकलित तथ्याङ्क प्रदेश र संधिय तालुक निकायहरुमा पठाउने ।
आफ्नो कमाण्ड क्षेत्र भित्र कृषि उद्यम तथा व्यवसाय सञ्चालन गर्न चाहानेहरुका लागि व्यवसाय विकास सेवा उपलब्ध गराउने ।
समस्या पहिचान तथा समाधानका लागि घुम्ति सेवा सञ्चालन गर्ने ।
किसान कल सेन्टर स्थापना सञ्चालन गर्ने ।
कृषि विकास तथा प्रशार कार्यमा संलग्न सरकारी, गैर सरकारी सस्था तथा अन्य निकायहरुसंग समन्वय एबं सहकार्य गर्ने ।
समग्र कृषि विकासको बिषयमा प्रदेश र स्थानिय तह बिच पुलको कार्य गर्ने ।
प्रदेश मन्त्रालयले तोकेको अन्य कार्य गर्ने ।

योजना

© 2024 Copyright : कृषि ज्ञान केन्द्र, अर्घाखाँची
Last Updated: 2080-03-05
Developed By: Ninja Infosys